बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा जग्गा किनेको स्वीकार्दै पौडेले निकाले दोस्रो वक्तव्य

बालुवाटारमा जग्गा किनेको स्वीकार्दै पौडेले निकाले दोस्रो वक्तव्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफूमाथि लागेको आरोप स्वतः खण्डित हुने बताएका छन्। उनले आफुमाथिका आरोप पुष्टि गर्न सबैलाई आह्वान गर्दै सत्यको कसीमा ती आरोपहरु स्वतः खण्डित हुने बताए।

सरकारी जग्गा खरिद गरेको विवादमा मुछिएपछि उनले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको ललिता निवासको जग्गाको विषयमा आफूमाथि भ्रम सिर्जना गर्नेगरी र वास्तविकता नै ओझेलमा पर्नेगरी आरोप लगाइएकोमा दुःख व्यक्त गरे।  

सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उनले ललितानिवास परिसरको कित्ता नं. ३०९ र ३१५ को कुल आठ आना जग्गा आफ्नो छोरा नवीन पौडेल र  आफ्नो नाममा कानुनबमोजिम नै खरिद गरिएको र यसबारे जनमानसमा भ्रम सिर्जना हुने गरि प्रचार गरिएकोमा आपत्ती जनाए। मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरेपश्चात उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको जग्गा आफूहरुले लिखत पारित गरी लाग्ने राजश्व बुझाएरै खरिद गरेको उनको दाबी छ।

सरकारी जग्गा हडप्नेजस्ता अपराधजन्य गतिविधि आफूले सोच्नसमेत नसक्ने बताउँदै पौडेलले गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै पनि कार्यमा आफू र आफ्नो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै पनि नरहने दाबी गरे।

उनले २०६१ पुस २९ गते जग्गा खरिद गरेको र त्यो बेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको प्रष्ट पारे। उनले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नम्बर–३) स्थित श्रीमतीको नाममा रहेको ८ कट्ठा जग्गा २०६१ असोज २४ गते बिक्री गरी प्राप्त स्रोतबाट ललिता निवासको ८ आना जग्गा खरिद गरिएको बताए।

बालुवाटारको जग्गा हिनामिनाका सम्बन्धमा सरकारले आवश्यक अनुसन्धान  सुरु गरिसकेको बताउँदै उनले सरकारले चालेको कदमको स्वागत गर्दै सत्य तथ्य वाहिर ल्याउन आग्रह गरे।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।