काठमाडौं - सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजना नेपाली सेनालगायत सरकारी तथा गैह्रसरकारी संस्थाले सगरमाथा हिमाल सफाई अभियान सञ्चालन गरिरहेका छन्।
सरसफाई कार्यक्रममा संकलित दुई हजार केजी फोहर मध्ये एक हजार सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याई ब्लु वेस्ट टु भ्याल्युका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ भने बाँकी रहेको एक हजार किलो फोहर उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको नेपाली सेनाले जानकारी दिएको छ।
प्रधानसेनापतिको “कमाण्ड मार्ग निर्देशन २०७५” अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा आवश्यक सहयोग प्रदान गर्दै छ।
यस किसिमका सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्राष्ट्रि जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४