बुधबार, साउन २०, २०८३

स्वदेशमै उद्यम खोल्न एक करोडसम्म ऋण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन शुक्रबार राजधानीमा सुरु भएको छ। सम्मेलन उद्घाटन गर्दै मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मुलुकका कतिपय युवा अझै अधिकारबाट वञ्चित रहेको बताए। उनले भने, ‘सबैले मिलेर काम गरेमा युवाले अधिकार पाउँछन्।’

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवालाई रोजगारी दिलाउन र स्वदेशमै उद्यम खोल्न पाँच लाखदेखि एक करोड रुपैयाँसम्म ऋण दिन लागेको बताए। उनले भने, ‘युवाको विकास भयो भने मात्र देश विकास हुन्छ र देश विकास हुन युवाको विकास हुनुपर्छ।’

कार्यक्रममा लामो समयदेखि मानवअधिकार क्षेत्रमा सक्रिया गणेशप्रसाद घिमिरे, सबिता न्यौपाने, दिनेश कार्की, बैकुण्ठ थापा सम्मानित भएका थिए। दुई दिन चल्ने कार्यक्रममा नेपाल, बंगलादेश, पाकिस्तान, अमेरिकालगायत मुलुकका युवा सहभागी छन्।

सम्मेलनमा सहभागी युवाले आफ्नो देशमा भएका समस्या र अधिकारबारे अनुभव आदान प्रदान गर्नेछन्। सम्मेलनको आयोजना युथ फर ह्युमन राइट्स नेपालले गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।