काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कमा धर्म निरपेक्षताको ब्यानर जलाएको छ। पार्टीले धर्म निरपेक्षता खारेज गर्न माग राख्दै ब्यानर जलाएको हो। राप्रपा अध्यक्ष कमल थापाले विदेशीको दबाब र प्रभावमा परी धर्म निरपेक्षता लागु गरिएकाले त्यसको विरोधमा कार्यक्रम आयोजना गरिएको बताए।
यसैबीच राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। ब्यानर जलाउन लाग्दा प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राप्रपाको शान्तिपूपर्ण कार्यक्रममा प्रशासनले धरपकड गरेको आरोप लगाए।
प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की,नानू नगरकोटी, विद्यार्थी अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक उपाध्यक्ष मणि सिंखडा, कोषाध्यक्ष गुणराज राजभण्डारी, भक्तपुरका राम न्यौपाने, सिन्धुपाल्चोकका राजेन्द्र ढुंगेल सहित १४ जनालाई पक्राउ गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...