बुधबार, साउन २०, २०८३

आन्दोलनमा होमिन नेविसंघलाई देउवाको यस्तो निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघलाई सरकारविरुद्धको आन्दोलनमा होमिन आग्रह गरेका छन्। संघको ४९ औं स्थापना दिवसको अवसरका बोल्दै देउवाले मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघले सरकारविरुद्धको आन्दोलनमा होमिनुपर्ने बेला आएको बताए।
 
सरकारले जनताको हितमा काम गर्न नसकेको बताउँदै उनले निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरेको, महङ्गी बढेको, कर बढेकोले वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको उनले बताए।

सभापति देउवाले विद्यार्थीसँगको छलफलपछि नेविसंघको तदर्थ समिति गठन गर्ने बताए।

यस्तै कांग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको आरोप लगाए। उनले सरकारविरुद्ध कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।