बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धर्म निरपेक्षताविरुद्ध रत्नपार्कमा राप्रपाको प्रदर्शन 

धर्म निरपेक्षताविरुद्ध रत्नपार्कमा राप्रपाको प्रदर्शन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्म निरपेक्षताविरुद्ध आन्दोलित बनेको छ । उसले आज शुक्रबार धर्मनिरपेक्षताको व्यपानर र पोस्टर जलाउँदै प्रदर्शन गर्ने भएको छ । 

दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । धर्म निरपेक्षताको नाममा हिन्दु धर्म मास्ने काम भएको भन्दै राप्रपाले त्यसको विरुद्धमा आवाज उठाएको उनले बताए । 

यस्तै राप्रपाका अध्यक्ष कमल थापाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । हिन्दु धर्म मास्ने राज्यको ग्रान्ड डिजाइनको भन्डाफोर गर्दै हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउन उसले सबैसँग अपिल समेत गरेका छन् । 

उनले एक ट्वीट गर्दै घरमा जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन् । उनले लेखेका छन्– ‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।