बुधबार, साउन २०, २०८३

ट्राफिक जवान र हवल्दारको तलव भत्ता ३० हजार पुग्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ। 

ट्राफिक प्रहरी जवानको तलब स्केल १७ हजार ३०० र हवल्दारको १८ हजार २०० छ भने राशनस्वरुप पाँच हजार २५० प्राप्त हुन्छ। वर्तमान तलब स्केलमा ४० प्रतिशत प्रोत्साहन भत्ता (करिब सात हजार) जोड्दा ३० हजार पुग्ने देखिएको हो ।
 
धुवाँधुलो तथा घामपानीको कुनै पर्वाह नगरी चौविसै घण्टा सडकमा खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा र सुविधाका लागि ‘ट्राफिक प्रहरी प्रोत्साहन भत्ता निर्देशिका–२०७५’ निर्माण भएको हो।

मन्त्रिपरिषदबाट पारित निर्देशिका सरकारले बिहिवार सार्वजनिक गरेपछि ट्राफिक प्रहरी जवान र हवल्दारको प्रोत्साहन भत्ता ४० प्रतिशत असई र सइईको २० प्रतिशत र इन्सपेक्टर र डिएसपीको भत्ता १० प्रतिशतले वृद्धि गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।