बुधबार, साउन २०, २०८३

८ औं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगञ्ज – नेपालगञ्ज रङ्गशालामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रमकाबीच ८ औं राष्ट्रिय खेलकुद सुरु भएको घोषणा गरीन्। उद्घाटन कार्यक्रममा बाेल्दै उनले खेलकुदको राष्ट्रिय उत्सव सुरु भएकोमा खुसी व्यक्त गरिन्। खेलक्षेत्रको विकासमा सहयोग पुर्‍याउन उनले सम्वद्ध सबै क्षेत्रलाई आग्रह गरिन्। राष्ट्रको शिर विश्वसामु उँचो पार्न खेलाडीहरुले गरेको प्रयास उल्लेखनीय रहेको उनले बताइन्।  कार्यक्रममा ओलम्पिक टर्च बालिएको थियो ।

यसअघि आठौं राष्ट्रिय खेलकुदको झण्डोत्लन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए।

राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ। प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ। 

प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैसकेका छन्।  बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र केही खेल काठमाडौं, ललितपुर र पोखरामा भैरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।