बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास प्रकरण : 'पद र हैसियतले छानबिन प्रभावित हुँदैन'

ललिता निवास प्रकरण : 'पद र हैसियतले छानबिन प्रभावित हुँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले प्रधानमन्त्री निवासको जग्गा खरिद बिक्रीमा संलग्न जोसुकै भएपनि कारबाही हुने दोहोर्‍याएको छ। ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुने र पद र हैसियतले अनुसन्धानलाई प्रभावित नपार्ने सरकारको भनाई छ। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाल भने, ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस्  कारबाही हुन्छ। कुनै पद, ओहोदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्तिको रक्षा गर्ने कुरालाई प्रभावित गर्न सक्दैन।’

बाँस्कोटाले जग्गा विवाद प्रधानमन्त्री निवासको नभई सँगै जोडिएको ललिता निवासको भएको प्रष्ट पारे। 

३३ किलो सुनका विषय मन्त्री बास्कोटाले ३८ क्वीन्टल सुनकै ‘नेक्सस’ ध्वस्त पार्ने अभियानमा सरकार रहेको बताए। उनले भने, ‘३३ किलो सुन कतिपल्ट भन्ने ? एउटा भारत पुगेर समातिएको छ। ३८ क्विन्टल सुन नै बेपत्ता भएको रहेछ। ति सबैका ‘नेक्सस’ लाई ध्वस्त पर्ने अभियानमा हामी छौँ।’

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको बताए। बास्कोटाले द्वन्द्वकालका घटनाको न्याय निरुपणको कामलाई सरकारले अघि बढाएको उल्लेख गर्दै त्यो समस्या छिट्टै समाधान हुने पनि बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।