काठमाडौं – समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारिखमा रिहा भएका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो।
ठगीसम्बन्धी समाचार लेखेका गिरीलाई प्रहरीले समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐनको दफा ४७ को प्राबधान बमोजिम पक्राउ गरेको थियो।
चार दिनदेखि सिआइबीको थुनामा रहेका पोखराका पत्रकार अधिकारीको मुद्धमा प्रेस काउन्सिलको तर्फबाट पूर्व अध्यक्ष बोर्णबहादुर कार्की ,काउन्सिलका अधिकृत मानबहादुर लामिछाने र पत्रकार महासंघको तर्फबाट स्वागत नेपालले बहस गरेका थिए।
पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४