बुधबार, साउन २०, २०८३

'मेलम्ची आयोजनाकाे समस्या छिट्टै समाधान हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्। बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भने, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन। काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन। यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन्।’

उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्नु पर्ने बताउँदै मन्त्री मगरले उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको सदुपयोग भए/नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने बताइन्।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए। सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत नागरिकले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।