बुधबार, साउन २०, २०८३

राष्ट्रपति भण्डारी नेपालगञ्जमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगञ्ज - राष्ट्रपति विद्यादेवी भण्डारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आइपुगेकी छिन्। राष्ट्रपति भण्डारी श्रीएयर लाइन्सको विमानबाट  नेपालगञ्ज आइपुगेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए। 

आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति नेपालगञ्जमा रहँदा प्रदेश नं ५ का सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख र  उपप्रमुख  तथा स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति आज नेपालगञ्जमै बस्ने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।