बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा छैन बन्दको प्रभाव, सादा पोसाकमा प्रहरी परिचालन

उपत्यकामा छैन बन्दको प्रभाव, सादा पोसाकमा प्रहरी परिचालन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौं उपत्यकामा भने खासै प्रभाव परेको छैन। 

काठमाडौँ उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सवारी आवागमन सहज रहेको जानकारी दिए। “उपत्यकामा बन्दको प्रभाव छैन, यद्यपि विभिन्न नाकाबाट बाहिर जाने र भित्रिने सवारीको संख्यामा भने कमी छ,” ज्ञवालीले भने।

उपत्यकामा अहिलेसम्म कुनै घटनासमेत नभएको र सुरक्षा व्यवस्था कडा पारी सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। शंकास्पद क्षेत्रमा गस्ती बढाइएको छ। काठमाडौं जिल्लामा भने साविकझैँ सवारी सञ्चालनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

विभिन्न जिल्लामा भने बन्दको प्रभाव देखिएको र ठाउँठाउँमा नक्कली बम, शंकास्पद वस्तु भेटिएको तथा गाडी तोडफोड र आगजनी भएको जानकारी आएपनि विस्तृत विवरण आइनसकेको नेपाल प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। बन्दले विभिन्न राजमार्ग भने सुनसान देखिएका छन्। जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा पारिएको उनले बताए।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।