बुधबार, साउन २०, २०८३

बम डिस्पोज गर्दा सैनिक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा – पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन्। पोखरा ३ स्थित गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्ने क्रममा बिहीबार बिहान कालिभन्ज्याङ गणका सैनिक अमलदार धर्मबहादुर थापा घाइते भएका हुन्।

नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लोमा बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो। त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा उनी घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ। 

घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाडौंको छाउनी अस्पताल ल्याइएको छ। थापाको हातका औंलामा चोट लागेको छ।

बिहीबार नेत्रविक्रम चन्द नेतृत्वले बन्दको आह्वान गरेपछि देशका विभिन्न ठाउँमा बम फेला परिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।