बुधबार, साउन २०, २०८३

दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली यू-१ क्रिकेट टोलीको लगातार दोस्रो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको छ । मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा नेपाल दोस्रो स्थानमा  रहेपछि लगातार दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको हो । नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकप क्रिकेट खेलेको थियो ।

छनोटमा पाँच खेल खेलेको यूएइले सबै खेलमा जित निकाल्दै छनोटको विजेता टोली बन्यो । नोपलले भने पाँच खेल मध्यमा चार खलमा जित र एक खेलमा पराजित भएको थियो । नेपाल युएईसँगको खेलमा एक रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीचको खेलमा नेपालले दिएको लक्ष्य यएईले पछ्याउने क्रममा बर्षा बाधक बनेपछी खेल डकवर्थ लुई (डिएल) मेथडको आधारमा यूएईले एक रनले जितेको थियो । त्यसपछि नेपालको विश्वकप पुग्ने आसा भनेको युएईले कुनै एक खेलमा पराजित हुनुँ र नेपालले बाँकी सबै खेलमा जित हात पार्नु थियो । 

तर, यूएईले आफ्नो अन्तिम खेल सम्म निरन्तर विजयी भयो । बिहीबार भएको आफ्नो अन्तिम खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुने सपना अधुरै रहेको हो । 

जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै यूएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ । ६ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।