बुधबार, साउन २०, २०८३

ललितानिवास कान्डले नेकपाभित्र भुइँचालो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेकपाका महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फसेपछि त्यसले पार्टीभित्र ठूलो भुइँचालो जाने संकेत दिएको छ।
 
पौडलमाथि नैतिक प्रश्न उठेकाले उनलाई निलम्बन गरी छानबिन गर्न दबाब बढेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली पौडेलको बचाउमा देखिए पनि अर्का अध्यक्ष प्रचण्ड मौन छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि मौन छन् भने अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम पौडललाई कारबाही गर्नुपर्ने पक्षमा छन् । पौडेल हाल चीन भ्रमणमा छन् । 

नेकपाभित्र यो प्रकरणलाई लिएर ठूलो खैलाबैला मच्चिएको छ। यो प्रकरणले वैशाख ९ गते सक्ने भनिएको एकीकरण प्रक्रिया समेत प्रभावित हुने सम्भावना बढेको छ। 

कहाँ पुग्यो एकीकरण ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी समायोजनका विषयमा सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन। नेकपाका केही शीर्ष नेताहरू रुष्ट भए पनि ओली–दाहाल पेलेरै जाने तयारीमा छन् ।

एकता टुंगो लगाउन ओली–दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको उच्च स्रोतले जनाएको छ ।

छलफलमा ओली–दाहाललाई नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्नेमा सुझाव दिएका थिए ।

ओली–दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए पेलेरै भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीका विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।