बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवको बन्द : उपत्यकामा सामान्य, बाहिर आशिंक प्रभाव

विप्लवको बन्द : उपत्यकामा सामान्य, बाहिर आशिंक प्रभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले गरेको नेपाल बन्दको आशिंक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा सामान्य प्रभाव देखिए पनि प्रदेश नम्बर ५ र कर्णली प्रदेशमा बन्दले जनजीवन प्रभावित बनाएको  छ। 

काठमाडौं उपत्यकामा विहानैदेखि सवारीसाधन चलिरहेका छन् भने बजार र पसल पनि खुलेका छन् । तर, शैक्षिक संस्था भने बन्द भएका छन् । विप्लव समुहले अहिलेसम्म काठमाडौं उपत्यकामा कहि कतै शंकास्पद वस्तु फालेको र सवारी साधनमा आगजनी गरेको छैन् । 

तर, उपत्यका बाहिर ठाउँ ठाउँमा बम भेटिएको छ । राजमार्ग आसपासमा समेत बम भेटिएपछि सवारी साधन चल्न सकेका छैनन् । नवलपरासी, पाल्पा, अर्घाखाची, चितवन, मकवानपुर, मोरङ लगायतका ठाउँमा बम फेला परेका छन् ।

नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योगमा समेत बम पड्काएको छ । विप्लव समुहका कार्यकर्ताले नवलपरासीमै आर जे ०२ जिबी २८७० नम्बरको भारतीय ट्रकमा आगजानी गरेका छन् ।
 
बम र आगजनीका कारण उपत्यका बाहिर फाट्ट फुट्ट बाहेक सवारी साधन चल्न सकेका छैनन् । बजार र पसल पनि बन्द रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । शैक्षिक संस्था र कलकारखाना पनि चल्न नसकेको जनाइएको छ ।
 
सरकारले प्रतिबन्ध लगाएपछि आक्रामक बनेको विप्लव समुहले चैत २५ गते एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । उसले आफूहरुमाथि लगाइएको प्रतिबन्ध नहटाए आन्दोलन चर्काउने र सरकारका कार्यक्रम बिथोल्ने रणनीति अवलम्बन गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।