बुधबार, साउन २०, २०८३

विप्लवको बन्दसँगै ठाउँ ठाउँमा बम र आगजनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको निशानामा प्रदेश नं ५ मा ठूला लगानीमा संचालित उद्योग धन्दा र सरकारी कार्यालय परेका छन् । 

विप्लव समुहले आयोजना गरेको नेपाल बन्दको बाहानामा यो समुहले विनोद चौधरीको लगानीमा संचालित चौधरी इन्डस्ट्रीज नवलपरासीमा  बम प्रहार गरेको छ । यसैगरी विप्लव समुहले विदेशी कम्पनि सिल्भर हेरिटेजको लगानी रहेको पाँच तारे होटल टाईगर प्यालेस जाने बाटोमा शंकास्पद बस्तु राखेर त्रास फैलाएको छ । 
 
उक्त शंकास्पद बस्तु विस्फोटक पदार्थ नभई इट्टा तथा प्लास्टीक मात्रै भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले बताए । नेपाली सेनाको बम डिस्पोजल टिमले डिस्पोज गर्दा इट्टा तथा प्लास्टीक मात्रै भेटिएको हो । 

यता विप्लव समुहले पाल्पाको रिब्दीकोट गाउपालिकाको कार्यलयमा पनि बम विस्फोट गराएको छ । बम विस्फोटबाट गाउँपालिकाको सिसाहरु फुटेका छन् भने भवनमा सामन्य क्षति भएको पाल्पा प्रहरीले बताएको छ । 

अर्घाखाचीको चुत्राबेसीमा पनि बम भेटिएको छ । गैडाकोटको बेल्डीया तथा दुम्कौलीमा बम फेला परेको छ । कपिलवस्तुको शिबपुरमा विस्फोट भएको छ । ठाउँ ठाउँमा राखिएको बमका कारण स्थानीय त्रसित भएका छन् । 

यसैगरि विप्लव समुहले नवलपरासीमा भारतीय ट्रक नं आर जे ०२ जिबी २८७० डण्डामा आगजानी भएको छ । सवारी साधनमा समेत आगजनी भएपछि प्रदेश नं ५ मा सवारी साधन गुडेका छैनन् । बजार ठप्प पनि ठप्प भएको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव देखिए पनि प्रदेश नम्बर ५ र कर्णली प्रदेशको जनजीवन प्रभावित बनाएको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।