बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको पहिलो भू-उपग्रह अन्तरिक्ष पठाइयो, यसरी गर्छ काम

नेपालको पहिलो भू-उपग्रह अन्तरिक्ष पठाइयो, यसरी गर्छ काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालले आफ्नो पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । ‘नेपाली स्याट–१’ नाम राखिएको भू–उपग्रह आज (बिहीबार) बिहान २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको हो ।
 
यो भू–उपग्रह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बनाएका हुन् ।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भजिर्नियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुर्याउनेछ । 

नेपालसहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि पठाएको छ । श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाएको छ । स्याटेलाइट प्रक्षेपणको अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आइएसएसमा रहेका अन्तरिक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् ।
 
सफल परीक्षण भए डेढ महिनापछि भू–उपग्रहलाई अन्तरिक्षको पृथ्वी कक्षमा छाडिने नास्टले जनाएको छ । त्यतिवेला उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब चार सय किलोमिटरमाथि नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म रहनेछ ।

उपग्रहले खिचेर पठाउने तस्बिर र त्यसबाट प्राप्त तथ्यांकका आधारमा नेपालले थुप्रै उपलब्धि लिन सक्ने नास्टको विश्वास छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।