बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारको सरकारी जग्गा व्यापारिक घरानाको पोल्टामा

बालुवाटारको सरकारी जग्गा व्यापारिक घरानाको पोल्टामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले बालुवाटार स्थित सरकारी जग्गा भूमाफियाले कब्जा गरेर आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको खुलासा गरेको छ ।  

तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, चाचान, केडियालगायतलाई ललिता निवासले चर्चेको सरकारी जग्गा बिक्री गरेको खुलेको हो।

‘माफियाले घरानिया व्यापारी र शक्तिकेन्दसम्म पहुँच भएका व्यक्तिलाई बालुवाटारको जग्गामा साझेदार बनाउनुको मुख्य कारण पछि विवाद आउँदा सजिलै सल्टाउन सकिने रणनीति नै हो,’ अनुसन्धान स्रोतलाई उदृत गर्दै नागरिकले लेखेको छ ।

२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले त्यसको केही वर्ष्भित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए। मीनबहादुर गुरुङ एक्लैले कम्पनी तथा परिवारका सदस्यका नाममा ६३ रोपनी जग्गा खरिद गरेको ललितानिवास हिनामिनासम्बन्धी अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

ललितानिवासको जग्गामा व्यापारीलाई भित्र्याउने मुख्य योजनाकार भाटभटेनी सुपरमार्केट सञ्चालक गुरुङ, भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी रहेको समाचारमा जनाइएको छ ।

यस्तै आजको नागरिक दैनिकले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढङ्गले खर्च गरिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

परियोजना कार्यान्व्यन एकाइ, १० सुपरजोन र ३९ जोन कार्यालय स्थापना गरी २ अर्ब २४ करोड ६ लाख रुपैयाँ खर्च गरेको समाचारमा उल्लेख छ। 

आजको कान्तिपुर दैनिकले भने मोटरसाइकलमार्फत यात्रु ओसार्ने गरेको टुटल कम्पनीले राज्यलाई ३ करोड ४० लाख रुपैयाँ कर नतिरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

आन्तरिक राजस्व कार्यालयले तीन महिना लगाएर गरेको फाइल अध्ययनले टुटलले ३ करोड ४० लाख कर तिर्नु पर्ने निष्कर्ष निकालेको हो । यस्तै अर्को कम्पनी पठाओमाथि पनि छानविन जारी रहेको समाचारमा उल्लेख छ । 

कान्तिपुरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकार खुम्च्याउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । आयोगको अधिकार संकुचित गर्ने गरि संसद्मा विधेयक अघि बढाए पछि अहिले सरकार र आयोगबीच द्वन्द्व बढेको छ । आयोगले विद्येयकप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समाचारमा जनाइएको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने गोरखाको चुमनुब्री गाउँपालिकाका बालबालिकालाई गुम्बा र चर्चले लैजाने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

यहाँ बच्चा जन्मिनेबित्तिकै गुम्बा वा चर्चका धर्मगुरुले बच्चा लैजाने गरेको र काठमाडौदेखि भारतसम्म पुर्याउने गरेको समाचारमा उल्लेख छ। यो गाउँपालिमा स्कूल जाने उमेरका बालबालिका भेट्न मुस्किल पर्छ । 

यस्तै अन्नपूर्ण पोस्ट्ले जनकपुर क्षेत्रको १० हजार विघा गुठीको जग्गा अतिक्रमणमा परेको विषयलाई प्राथमिकताका साथ छापेको छ । अतिक्रमित जग्गामध्ये ९६ विघा १८ कठ्ठा जग्गामा साढे ५ सय घर बनेका छन् भने अन्य जग्गा ब्यक्तिले प्रयोग गरेको समाचारमा उल्लेख छ । 

यसैगरि अन्नपूर्णले नेपालमा सबैभन्दा धेरै ग्यास्ट्रिकको समस्या देखिएको, दोस्रोमा श्वासप्रश्वासको, तेस्रोमा टाउको तथा दात दुख्ने र चौथोमा मुटुको समस्या देखिएको खबर लेखेको छ ।

गएको साउनदेखि चैतसम्ममा ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जानेको संख्या १४ हजार १ सय ३६ छ भने श्वासप्रश्वासको समस्या लिएर अस्पताल जाने १२ हजार ९ सय २५ रहेका छन् । मुटुको समस्याका कारण अस्पताल पुग्ने १० हजार २ सय १७ रहेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।