बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री सहभागी कार्यक्रमको 'स्टेज' भाँचियो, चार घाइते 

मुख्यमन्त्री सहभागी कार्यक्रमको 'स्टेज' भाँचियो, चार घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी कार्यक्रमको स्टेज भाँचिएको छ। स्टेज भाँचिदा ४ जना घाइते भएका छन् तर मुख्यमन्त्री भने सकुसल रहेका छन्।

डडेल्धुराको अजयमेरु महोत्सवको उद्घाटन कार्यक्रम सञ्चालन भइरहेको बेला स्टेज भाँचिएपछि ४ जना घाइते भएका हुन्। मुख्यमन्त्री भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेका बेला स्टेज भाँचिएको हो।

अजयमेरु गाउँपालिकाले ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरेको हो। स्टेज भाँचिएपनि सामान्य मर्मत गरेर महोत्सव उद्घाटन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।