बुधबार, साउन २०, २०८३

देउवा भन्छन् : सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पत्रकारमाथि आक्रमण गरेर लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन्। 

‘प्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो, नेपाली कांग्रेस प्रेसमाथिको आक्रमण सहन्न।’, बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा देउवाले भने। सबै पत्रकारले कलम चलाए ओली सरकार संकटमा पर्न सक्ने उनले चेतावनी दिए।

पत्रकार पक्राउको विरोधमा पत्रकार महासंघले देशव्यापी आन्दोलन घोषणा गरेकै दिन सभापति देउवाले धनगढीबाट सरकारबारे कडा टिप्पणी गरे। ‘ढुङ्गा, गुलेली र लौरोको भन्दा कलममा धेरै गुणा ताकत हुन्छ। यसमा सरकार प्रष्ट भए हुन्छ। साच्चिकै पत्रकारले कलम चलाए सरकार घुडा टेक्न बाध्य  हुन्छ।’, उनल भने।

वर्तमान सरकार पूर्णरुपमा असफल भइसेको भन्दै देउवाले ओली सरकार शान्ति, सुरक्षा, सुशासन जस्ता चिजमा असफल भएको दाबी गरे। कंचनपुरकी निर्मला पन्त हत्या प्रसंग उल्लेख गर्दै सभापति देउवाले भने, ‘ओली सरकारले बलात्कारीलाई बचाउने काम गरेको छ, यस्तो सरकारबाट जनताले के अपेक्षा गर्छन।’

देउवाले ओली सरकारले एक वर्षमा भ्रष्टाचार र कर बढाएको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।