काठमाडौं - नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन्।
मल्टिइन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा अब्बल स्थान ल्याएका हुन्। अन्य ५३ नेपाली विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड जितेका छन्।
नेपाली विद्यार्थीले गत वर्षभन्दा विभिन्न विधामा गरी ४० प्रतिशत बढी सफलता प्राप्त गरेका हुन्। उत्कृष्ट विद्यार्थीलाई हालै सम्मान गरियो। सम्मान कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलका दक्षिणएसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोसले नेपाली विद्यार्थीको उत्कृष्ट प्रदर्शन देखेर धेरै नै उत्साहित भएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४