बुधबार, साउन २०, २०८३

प्रदेश २ : विषादी प्रयोग गरे कडा कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खाद्यात्रमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने बताएका छन्। मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नरहेको बताउँदै राउतले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले उपभोक्ताको हकहित संरक्षण गर्न तीनै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिएका छन्। तीन तहको सरकारबीच आवश्यक समन्वय नभए उपभोक्ताको हकहित संरक्षण हुन नसक्ने उनको जिकिर थियो।

राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय आवश्यक रहेको बताए। विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि रहेपनि कार्यान्वयन पक्ष कमजोर हुँदा उपभोक्ताहरु हकअधिकारबाट वञ्चित भएको उनको भनाइ थियो।

खाद्यात्रमा विषादीको बढ्दो प्रयोगका कारण उपभोक्ता गम्भीर प्रकृतिको रोगबाट ग्रसित हुनुपरिरहेको बताउँदै मुख्यमन्त्री राउतले स्थानीय बजारको अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

उपभोक्ता संरक्षण ऐनबारे अझै सर्वसाधारण जानकार हुन नसकेको उल्लेख गर्दै राउतले यसका लागि सरोकारवालाहरु गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।