काठमाडौं - विश्व सम्पदा दिवस– २०१९ का अवसरमा काठमाडौँ महानगरपालिकाले स्वयम्भूको भुइखेलदेखि हनुमानढोकासम्म पदयात्राको गुरुयोजना तयार पारेको छ।
यी दुई विश्व सम्पदालाई पदैल यात्राबाट जोड्ने योजना छ। वैशाख ५ गते बिहीबार एक कार्यक्रममाझ गुरुयोजना सार्वजनिक गरिने भएको छ। करिब २२ सय मिटरको यस पदयात्रामा २० वटा महत्त्वपूर्ण सम्पदा, कलाकृतिसँग नजिकिने र साक्षात्कार गर्ने सकिने मौका रहेको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले बताए।
स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउने, आन्तरिक एवम् बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्यमान्यताको बारेमा जनचेतना गर्नेु अर्को लक्ष्य रहेको संयोजक महर्जनले बताए।
पदयात्राका लागि प्रस्तावित रुट
हनुमानढोका–काष्ठमण्डप–मरु गणेश–मरु हिटी–सन्तानेश्वर महादेव–मरुबही–मिच्याः गल्ली–बन्जाः हिटी–साः (तेल मिल)–चस्वांद्धँ– दमाईंटोल–सुन्ता गल्ली–पाछै गल्ली–नरदेवी द्यःछेँ– आयुर्वेदिक अस्पताल–सामुदायिक (लोकेश्वर) गल्ली–बुरांखेल–क्येछ्यों हिटी–तप्यँताँ–रञ्जित मल्ल सतः घाट–भेलु महादेव– डल्लु चौतारा–निपु सहटी (भीमसेन मन्दिर)–धिमे ल्वहं–चारा हिटी–भुइखेल हुँदै स्वयम्भू।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४