बुधबार, साउन २०, २०८३

मुलुक जगाउने कांग्रेस अभियान ११ गतेदेखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले सिंगो मुलुकलाई जगाउन र हिमाल, पहाड र तराईलाई जोड्न विभिन्न १४ वटा उद्देश्य राखेर राष्ट्रिय जागरण अभियान थाल्ने भएको छ। दुई तिहाइको दम्भमा वर्तमान सरकारको गलत क्रियाकलापबारे जनतालाई जागरुक बनाउन र पार्टी संगठनलाई गतिशील बनाउन कांग्रेसले लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गतेदेखि जागरण अभियान सुरु गर्न लागेको हो।

जागरण अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिए।

अभियानको नाम ‘हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राखिने प्रवक्ता शर्माले बताए।

अभियानका महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु–सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु रहनेछन्।

अभियान केन्द्रदेखि वडातहसम्म सञ्चालन हुनेछन्। जसअर्न्तगत काठमाडौंमाकोअभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले अभियानबाट कांग्रेसका पाँच लाख क्रियाशिल सदस्य परिचालन गरिने जनाए।

उनले भने, ‘सदस्य परिचालन हुनु भनेको पार्टीका लागि राम्रो कुरो हो। यसबाट जनता निराश हुँदैनन, जनतालाई फेरि आशा जाग्ने छ। जनतामा आशा जगाउनु राजनीतिक दलको कर्तव्य हो।’

सो अवसरमा कांग्रेसका उपसभापती निधि, विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित थिए।

पार्टीले पहिलो चरणमा वैशाख ११ देखि जेठ ११ गतेसम्म एक महिने अभियान सञ्चालन गर्नेछ। यस क्रममा ७७ जिल्लामै कांग्रेस केन्द्रीय प्रतिनिधि खटिनेछन्। दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ सम्म प्रादेशिक स्तरमा विभिन्न कार्यक्रम गर्न लागिएको छ भने पुस ७ देखि १६ गतेसम्म ७५३ स्थानीय तहमा विभिन्न कार्यक्रम गरिने प्रवक्ता शर्माले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।