बुधबार, साउन २०, २०८३

मुहार फेर्दै बाज पाटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर – ललितपुर महानगरपालिको खोकनास्थित ऐतिहासिक ‘बाज पाटी’ पुनर्निर्माण हुने भएको छ। महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो।

पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको महानगरका मेयर चिरीबाबुले प्रशंसा गरेका छन्। खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिरअगाडि रहेको पाटी पुनर्निर्माणमा बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ।

रुद्रायणी मन्दिरमा नित्यपूजा हुँदा बिहान र बेलुका पाटीमा बसेर बाजा बजाइन्थ्यो। भूकम्पले बाज पाटी बस्न नमिल्ने गरी भत्काइदियो। पाटी भत्काएपछि भजनकीर्तनमा बाधा पुगेको स्थानीयले बताए।

प्रतिनिधि सभा सदस्य पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षित गर्नुपर्ने बताइन्। ललितपुर महानगरपालिकाका मेयेर चिरीबाबु महर्जनले खोकना पर्यटकीय दृष्टिले पनि धेरै महत्त्वपूर्ण रहेको बताए। उनले खोकनाको कला र संस्कृतिको संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने बताए।

वडा अध्यक्ष रवीन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाले खोकना धनी भएको बताउँदै भत्काएका सम्पदा पुनर्निर्माण गर्नु चुनौती पुर्ण भएको बताए। बैंकका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्राचार्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाटीको पुनर्निर्माणमा सहयोग गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।