काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ।
गत बुधबार पूर्वराजा शाह चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको थियो भने प्रकाश घाइते बनेका थिए। विराटनगरको विराट नर्सिङहोममा उपचाररत घाइते इटहरी उपमहानगरपालिका– ९ का प्रकाश उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो।
ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४