बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्ष २०७५ : सर्वाधिक गोल गर्ने नेपालका पुरुष र महिला खेलाडी

बर्ष २०७५ : सर्वाधिक गोल गर्ने नेपालका पुरुष र महिला खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली महिला फुटबल टोलीले बर्ष २०७५ मा अन्य बर्षको भन्दा उत्कृष्ट फुटबल खेलेका छन् । २०७५ मा नेपाली महिला टोलीले दुई इतिहास समेत रचे । पहिलो इतिहास पहिलो पटिक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपालले छनोटको दोस्रो चरणमा प्रवेश गर्नै इतिहास रच्यो । त्यस्तै दोस्रो इतिहास भने कहिलै पराजित गर्न नसकेको भारतलाई पराजित गर्यो । 

तर, नेपाली महिला फुटबल टोलीले यी दुई सफलता बाहेक कुनै उपाधि भने जित्न सकेन् । दक्षिण एशियालीस्तरमा सधैं पदकको विजेताका रुपमा हेरिँदै आए पनि अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि उचाल्न सकेको छैन । आफ्नै घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भयो । नेपाल विराटनगरमा आयोजान भएको पाँचौ साफमा भारतसँग ३-१ गाल अन्तरले पराजित भएको थियो । 

ओलम्पिक छनोटको पहिलो चरणमा म्यानमार र भारतसँग समान १-१ को बराबरी खेलेका नेपालले दोस्रो चरणमा भने यी नै राष्ट्र म्यानमार र भारतसँग समान ३-१ ले पराजित हुँदै घर फर्कियो । २०७५ मा नेपाली राष्ट्रिय महिला टोलीले १४ अन्तर्राष्ट्रिय खेल खेल्दा ६ खेलमा जित, तीन खेलमा बराबरी र ५ खेलमा पराजय भोगेको छ । बर्ष २०७५ मा नेपाली राष्ट्रिय महिला टोलीका लागि सर्वाधिक गोल गर्ने महिला फुटबल खेलाडी यी हुन् ।

सावित्रा भण्डारी

नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर तथा दक्षिण एसियाको महिला फुटबलमा गोल मेसिनको रुपमा चिनिएकी सावित्रा भण्डारी (साब्बा) बर्ष २०७५ मा महिला फुटबलकी सर्वाधिक गोल कर्ता हुन् । उनले नेपाली राष्ट्रिय महिला टोलीका लागि सर्वाधिक ११ गोल गरीन् । ओलम्पिक छनोट अन्तर्गत पहिलो चरणको खेलमा म्याानमारविरुद्ध एक गोल गरेकी सावित्राले भारतमा आयोजना भएको हिरो गोल्डकपमा चार गोल गरेकी थिइन् । 

भारतलाई २-१ ले पराजति गर्दै इतिहास रच्दा नेपालका लागि दुबै गोल सावित्राले गरेकी थिइन् । सोहि प्रतियोगितामा इरानविरुद्ध थप दुई गोल गर्दै सावित्राले म्यानमारकी यइइ यइइ ओओसँग सर्वाधिक गोलकर्ताको अवार्ड सेयर गरेकी थिइन् । त्यसपछि नेपालमै आयोजना भएको पाँचौ साफ महिला च्याम्पियनसिपमा चार गोल गरीन् । उनले उक्त प्रतियोगिताका चार खेल खेल्दै प्रत्यक खेलमा एक एक गोल गरेकी थिइन् । 

उनले भुटान, बंगलादेश, श्रीलंका र भारत गरी चार खेलमा एक एक गोल गरेकी थिएन् । ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको खेलमा सावित्राले दुई गोल गरीन् । दोस्रो चरणको अन्तिम खेलमा सान्तोना जित निकाल्ने क्रममा सावित्राले नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग २ गोल गरेकी थिइन् । समग्रहमा बर्ष २०७५ मा सावित्राले राष्ट्रिय टोलीका लागि ११ गोल गरेकी हुन् । 

निरु थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर निरु थापा बर्ष २०७५ मा महिला फुटबलमा सर्वाधिक गोल गर्ने महिला खेलाडीको दोस्रो स्थानमा छिन् । उनीले ओलम्पिक छनोट अन्तर्गत पहिलो चरणमा दुई गोल गरेकी थिईन् । छनोटको पहिलो खेलमा भारतसँग १-१ बो बराबरी खेल्ने क्रममा निरुले एक गोल गरेकि थिइन् । त्यस्तै तेस्रो खेलमा बंगलादेशसँग पनि १-१ को बराबरी खेल्ने क्रममा निरुले गोल गरेकी थिइन् । 

नेपालमा आयोजना भएको पाँचौ साफ महिला च्याम्पियनसिपमा निरुले एक गोल गरीन् । उनले भुटानविरुद्धको खेलमा एक गाले गरेकी थिइन् । त्यसपछि ओलम्पिक छनोट अन्तर्गत दोस्रो चरणको खेलमा निरुले दुई गोल गरीन् । पहिलो खेलमा ३-१ ले पराजित हुँदा निरुले एक गोल गरेकी थिइन्  भने भारतसँग पनि सोही नतिजामा पराजित हाँद निरुले नै एक गोल गरेकी थिइन् । यससँगै निरुले बर्ष २०७५ मा नेपाली राष्ट्रिय टोलीका लागि ५ गोल गरिन् । 

मन्जली कुमारी योन्जन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी १७ बर्षीय मिडफिल्डर मन्जली कुमारी योन्जन बर्ष २०७५ मा राष्ट्रिय महिला टोलीमा सर्वाधिक गाले गर्ने खेलाडीको तेस्रो स्थानमा छिन् । उनले बर्ष २०७५ मा राष्ट्रिय टोलीका लागि तीन गोल गरेकी छन् । उनले भारतमा आयोजना भएको हिरो गोल्ड कपमा म्यामारविरुद्धको फाइनल खेलमा एक गोल गरेकी थिइन् । 

जहाँ नेपाल म्यानमारसँग ३-१ गोलले पराजति हुँदै उपविजेता बनेको थियो । त्यसपछि नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिपमा मन्जलीले दुई गोल गरेकी थिइन् । उनले समूह चरणको पहिलो खेलमा भुटानसँगको खेलमा एक गोल गरेकी थिइन् भने एक गोल बंगलादेशसँगको तेस्रो खेलमा गरेकी थिइन् ।
 
अनिता बस्नेत

नेपाली राष्ट्रिय महिला फुटल टोलीकी मिडफिल्डर अनिता बस्नेतले बर्ष २०७५ मा राष्ट्रिय टोलीका लागि दुई गोल गरेकी छन् । उनले भारतमा आयोजना भएको हिरो गोल्ड कपमा इरानविरुद्धको खेलमा एक गोल गरेकी थिइन् । त्यस्तै नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिपमा एक गोल गरेकी थिइन् । उनले साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको सेमिफाइनल खेलमा एक गाले गरेकी थिइन् । 

००००

नेपाली फुटबलमा पुरुष टिमले भन्दा केही नेपाली खेलाडी चर्चामा रहे । व्यक्तिगततर्फ दुई नेपाली फुटबलरले यस वर्ष दुईवटा अवार्डसमेत जित्न सफल भए । रोहित चन्द नेपालमा भन्दा इण्डोनेसियामा बढी चर्चामा रहे । इण्डोनेसियाको लिग खेल्ने रोहितले वर्ष २०७५ मा अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लब पर्सिजा जकार्ताले लिगको उपाधि जित्यो भने रोहित उत्कृष्ट खेलाडी बने । 

यसैगरी नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि तथा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे । माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा चुलिएको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भने सोचेअनुसारको सफलता प्राप्त गर्न सकेन । बङ्गलादेशमा सम्पन्न साफ फुटबल तथा बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाएको नेपालले साफ च्याम्पियनशिपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा बङ्गबन्धु कपमा भने समूह चरणबाटै घर फर्कियो ।

कुवेतसँग भएको दुई मैत्रिपूर्ण खेलमा नेपालले एक खेलमा बराबरी र एक खेलमा पराजित भयो । यस बर्ष नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय ८ खेल खेल्यो । जहाँ दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दा ५ खेलमा भने पराजय भोग्यो । बर्ष २०७५ मा अन्तर्राष्ट्रय गोल गर्ने शीर्ष खेलाडीहरु ।

विमल घर्तीमगर

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगर नेपालका लागि यस बर्ष सर्वाधिक अन्तर्राष्ट्रिय गा्ल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले नेपाली राष्ट्रिय टोलीबाट दुई गोल गरेका छन् । उनले बंगलादेशमा आयोजना भएको साफ सुजुकी कपमा पाकिस्तानसँग भएको खेलमा आफ्नो बर्ष २०७५ को पहिलो गोल गरेकका थिए । उनले पाकिस्तानसँग २-१ गोलले पराजित हाँदा नेपालका लागि खेलको ८२ औं मिनेटमा एक गाले फर्काएका थिए ।

 त्यसपछि यसै प्रतियोगितामा आफ्नो तेस्रो खेलमा बंगलादेशविरुद्ध एक गोल गरेका थिए । उक्त खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो । विमलले बंगलादेशसँगको खेलमा ३३ औं मिनेटमा गोल गरेक थिए । विमलले राष्ट्रिय टोलीका २६ खेलमा ८ गोल गरेका छन् । 

अनन्त तामाङ

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले बर्ष २०७५ मा एक गोल गरे । उनले बंगलादेशमा आयोजना भएको साफ सुजुकी कपमा भुटानसँग ४-० ले विजयी हुँदा नेपालका लागि खेलको २१ औं मिनेटमा पहिलो गोल गरेका थिए । उक्त खेलमा मिडफिल्डर सुनिल बलले ७१ औं मिनेट, विंगर भरत खवासले ७९ औं मिनेट र मिडफिल्डर निरन्जन खड्काले ८८ औं मिनेटमा गोल गरेका थिए । 

त्यस्तै बंगलादेशसँगको खेलमा विमलले गोल गर्दा एक गोल स्ट्राइकर नवयुग श्रेष्ठले पनि गरेका थिए । उनले खेलको ९० औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को जित दिलाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।