बुधबार, साउन २०, २०८३

पेरिसको क्याथेड्रलमा भीषण आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पेरिस - पेरिसस्थित मध्ययुगीन नोट्रि डेम क्याथेड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।

साढे आठ सय वर्ष पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्। टोलीहरूले क्याथेड्रलभित्र रहेका कलाकृतिलाई जोगाउन सफल भएका छन्। 

राष्ट्रपति इम्यानुएल म्याक्रोंले आगलागीलाई एउटा ठूलो विपद्को संज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।

अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्। ढुङ्गाहरू चर्किन थालेपछि क्याथेड्रल भत्किन सक्ने आशंकामा त्यसको जीर्णोद्वार थालिएको थियो।

घटनाबारे अनुसन्धान थालिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।