बुधबार, साउन २०, २०८३

चट्याङ्सहित असिनापानी पर्ने सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - देशका विभिन्न भागमा चट्याङ्सहित असिनापानी पर्ने सम्भावना रहेकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले बताएको छ। 

महाशाखाले आज देशका पश्चिमि भूभागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिक देखि सामान्य बदली रही देशका पश्चिमि भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ् तथा हुरी बताससहित असिनापानीको संभावना रहेको बताएको छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको महाशाखाको अनुमान छ।

यस्तै आज रातिसमेत मौसममा सुधार आउने संकेत नरहेको महाशाखाको पूर्वानुमान रहेको छ।

महाशाखाले बुधबार र बिहीबारसमेत मौसममा सुधार नआउने बताएको छ। बुधबारसमेत चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

हिजो (सोमबार) काठमाडौं उपत्यकामा एक्कासी आएको असिनापानीले जनजीवन प्रभावित बनाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।