बुधबार, साउन २०, २०८३

जुम्ला विमानस्थल बन्द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जुम्ला – जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ। बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो।
 
अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो। त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बताए।

विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो। विमानस्थल स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नति कार्यमा ढिला नहुने प्रमुख शर्मा बताए।

अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने उनले बताए। विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।