बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी सम्पत्ति हिनामिना प्रकरण, ७ रोपनी १० आना फिर्ता

सरकारी सम्पत्ति हिनामिना प्रकरण, ७ रोपनी १० आना फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मंगलबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

नागरिक दैनिकले सरकारी सम्पत्ति हिनामिना प्रकरण, ७ रोपनी १० आना फिर्ता शिर्षकमा समाचार प्रकाशन गरेको छ। 

नेपाल राष्ट्रिय भूतपूर्व शैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ। ललितपुर महानगरपालिका ३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका  नाममा ल्याइएको हो। यो जग्गा संघका भोगाधिकारमा थियो।

यस्तै मंगलबारको नयाँ पत्रिका दैनिकले निःशुल्क औषधि बेच्दै सरकारी अस्पताल शिर्षकको समाचार प्राथमिकताको साथ प्रकाशन गरेको छ। 

जनताको सेवाका लागि सरकारले उपलब्ध गराएका निःशुल्क औषधि वुटबलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले बेचेको छ। कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारबाट निःशुल्क लिएर बिरामीलाई बेचेको हो। १५ वर्षमूनि उमेरका व्यक्तिलाई ४ र १५ वर्षमाथिकालाई ५ वटा सुई लगाउनुपर्छ। अस्पतालले प्रतिसुई सय रुपैयाँ लिने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले स्वीकार गरे।

यसैगरि कान्तिपुर दैनिकले प्रथम पृष्ठमा सिन्दुरजात्राको ठूलो तस्बिर प्रकाशन गरेको छ भने बसूँ तलब छैन, फर्कूं कागजात छैन शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ। 

कतारस्थित बहुराष्ट्रिय कम्पनी अक्वा मास्टर्समा कार्यरत ४६ नेपाली कामदार झन्डै एक वर्षदेखि तलब र भिसाविहिन भएका छन्। लामोसमयदेखि आर्थिक र मानसिक तनाव बेहोर्नुपरेपछि एक कामदारले आत्महत्यासमेत गरेका छन्। यस्तै अन्य कामदार भगौडा हैसियतमा कतारका विभिन्न क्याम्पमा बसिरहेका छन्।

यस्तै कानितपुरले नै मेडिकल कलेजले फिर्ता गरेनन् पैसा शिर्षकको समाचारलाई समेत प्राथमिकतामा राखेको छ। त्रिभुवन विश्वविद्यालयका मेडिकल कलेजहरुले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन्। कलेजहरुले अतिरिक्त शुक्ल असुल्न छाडेका पनि छैनन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।