काठमाडौं - काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन्। नगपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी दिने भन्दै ठेकेदारबाट लिएको घुससहित लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई नगरपालिका परिसरबाटै पक्राउ परेका हुन्। भट्टराईले घुस मागेको भन्दै परेको उजुरीका आधारमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४