बुधबार, साउन २०, २०८३

पूर्वराजाको होटल प्रधानमन्त्रीले उद्घाटन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाहको समेत लगानी रहेको नेपालगन्जस्थित सोल्टी होटलको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन्।

वैशाख ३ गते आयोजना हुने विशेष समारोहबीच होटलको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि विशेष सुरक्षा व्यवस्थासहित भव्य तयारी गरिएको छ। प्रमुख अथिति प्रधानमन्त्री ओली भन्दै निमन्त्रणा कार्डसमेत वितरण गरिएको छ। मंगलबार हेलिकप्टरमा प्रधानमन्त्री ओली त्यहाँ जाने कार्यक्रम छ। 

संचालनमा आएको यो होटेलमा ज्ञानेन्द्र पटकपटक गएर बसिसकेका छन्। त्यहाँ रहेर पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक परामर्शसमेत गर्दै आएका थिए। काठमाडौंमा होटल सोल्टी क्राउनप्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगन्जमा उक्त होटल सञ्चालनमा आएको हो।
 
होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार उक्त होटलमा स्वीट रूमसहित कुल ८४ कोठा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।