बुधबार, साउन २०, २०८३

स्कुटीमै सुन तस्करी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - नेपाल–भारत सीमामा आइतबार राति एक किलो सुनसहित एक जना पक्राउ परेका छन्। सीमावर्ती नाका डन्डा हेड हुँदै भारततर्फ जाँदै गरेको लु ४२ प ७६१९ नम्बरको स्कुटीबाट एक केजी सुन बरामद गरेको भारतीय सीमा सुरक्षा बलका निरीक्षक विकास रायले बताए।

पक्राउ पर्नेमा भैरहवा निवासी धनवत अग्रवाल रहेका छन्। उनलाई अनुसन्धानका लागि भारतीय भन्सार कार्यालय नौतनवा पठाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २७ गण हेड क्वार्टर कार्यालयअगाडिबाट दशगजातर्फ गएको स्कुटीमा उक्त अवैध सुन भेटिएको हो।

सुरक्षाकर्मीको आँखा छलेर कसरी दशगजा पारी पुग्यो भन्ने विषय रहस्यमय देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २७ गण हेड क्वार्टर रुपन्देहीका प्रमुख वसन्त कुमार बोगटीले भने, ‘हामीले चेकिङमा कडाइ गरेका छौं। तर, एक्स रे मेसिन नहुँदा राम्रोसँग चेकिङ हुन पाएको छैन।’

उनले प्रहरीले सीमा क्षेत्रमा निगरानी गर्न कुनै कसर बाँकी नराखेको बताए। भारतमा निर्वाचन भइरहेकाले पनि सीमावर्ती क्षेत्रमा कडाइ गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।