बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘बालुवाटार बेच्‍नेले सिंहदरबार पनि बेच्लान्, होसियार’!

‘बालुवाटार बेच्‍नेले सिंहदरबार पनि बेच्लान्, होसियार’!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री निवासकै जग्गा बिक्रि भएको भन्ने समाचार बाहिरिएपछि विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवासमा प्रदर्शन गरेको छ। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो।

सरकारी जग्गा अपचलन हुन नदिन प्रधानमन्त्री निवास अगाडि विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए। उनले यस्तो गम्भीर प्रकृतिको घटनाको विरोधमा उत्रिन सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई आग्रह गरे। उनले सरकारलाई दवाव दिन विरोमा उत्रिएको बताए।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललेसमेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोध गरेको हो।

उनीहरुले ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।