बुधबार, साउन २०, २०८३

बुद्धकृष्णले सातौंपटक जिब्रो छेडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर - भक्तपुरको बोडेमा मनाइने प्रसिद्ध सिन्दुरे जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक जिब्रो छेडाएका छन्। यसअघि उनका भाइ जुजुभाइले आठ पटक जिब्रो छेडिसकेका छन्।

जिब्रो छेडाउनका लागि विगत चार दिनअघिदेखि उनी व्रत बस्दै आएका थिए। जिब्रो छेडाउने, सियो बनाउने तथा जिब्रो छेडिदिने, नाइके, प्रधान नाइके सबैजना व्रत बस्नुपर्ने नियम छ। व्रत बसेपछि जिब्रो छेडाउने व्यक्तिका आफन्त बिते पनि, सुुतक परे वा अन्य कुनै घटना परे पनि जिब्रो छेडाउनैपर्ने परम्परा रहेको संस्कृतिविद् बताउँछन्। 

जिब्रो छेड्ने अघिल्लो रातिको समयमा आगो बाली धुनी बजाइन्छ। त्यसपछि प्रधान नाइकेले फूलअक्षता लगाइदिई जिब्रो छेड्ने व्यक्तिलाई ‘समयबजी’ खान दिन्छन्। समयबजी खाएपछि जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म निराहार व्रत बस्नुपर्छ। जिब्रो छेड्नेले व्रत अवधिभर महिलालाई छुनु हुँदैन । त्यस्तै जनावरबाट टाढा बस्नुपर्छ। 

वैशाख १ गते राति प्रधान नाइकेले मुक्तिनाथको पूजा गर्छन्। पूजामा कुखुरा बलि दिइन्छ। जिब्रो छेडने व्यक्तिले वैशाख २ गते बिहानै नुहाइधुहाई गर्नुपर्छ। त्यसपछि प्रधान नाइकेसहितको टोली लागि जिब्रो छेड्ने व्यक्तिलाई लिन उनको घर जान्छन्। घरबाट निस्किएपछि जिब्रो छेड्ने व्यक्तिले हातमा कलश लिई देवीदेवताका पीठमा पूजा गर्दै मञ्चमा जान्छन्। मञ्चमा लगेर विधिपूर्वक जिब्रो छेडेपछि सिन्दूरे जात्रा सुरु हुन्छ। जिब्रो छेड्ने व्यक्ति महावीरको मूर्ति बोकेर टोलटोल र मन्दिरमन्दिरमा घुम्नुपर्छ। अनि उनी महालक्ष्मी र भैरवनाथ मन्दिरमा जान्छन्। त्यहाँ रहेको गणेश मूर्तिअघि राखेर उनको जिब्रोबाट सुइरो निकालेर राखिन्छ।

जिब्रोबाट निकालिएको सुइरो घरमा लगेर मुक्तिनाथको मूर्तिमा राखिन्छ। पूजा सकिएपछि साथैमा रहेको गणेशस्थानमा ठोकिन्छ । उक्त मन्दिरमै रहेको माटोमा जिब्रो छेडेको प्वालमा राखिन्छ । त्यही माटोलाई प्रसादका रुपमा लगाइन्छ र व्रत समाप्त हुन्छ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।