बुधबार, साउन २०, २०८३

हिलो छ्यापेर जुडशितल मनाइँदै, प्रदेश २ मा बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नयाँ वर्षको दोस्रो दिन मिथिलाञ्चलमा सोमबार हर्षोल्लासका साथ जुडशितल पर्व मनाइँदै छ । गर्मी मौसममा शितलता पाउन शितला माताको पूजाअर्चना गरी शुद्ध माटो र पानी एक अर्कामाथि छर्केर जुडशितल मनाउने परम्परा रहेको छ ।

यस पर्वमा परिवारका अग्रजले घरका कान्छा सदस्यहरुलाई बासी पानी टाउकोमा छर्केर आशिर्वाद दिने परम्परासमेत रहेको छ । जुडशितलका दिन आशिर्वादस्वरुप घरका अग्रजले बासी पानी शीरमा छर्केर आशिर्वाद दिएपछि दिर्घायू हुुनुका साथै भविष्य उज्जवल हुने जनविश्वास रहेको छ । जुडशितलका दिन शीरमा बासी पानीले आशिर्वाद दिएपछि वर्षभरि शितलता रहिरहने पौराणिक मान्यता छ ।

यसैगरी आजको दिन बोटविरुवामा समेत पानी हाल्ने मान्यता रहिआएको छ । यस पर्वमा एक दिनअघि बेसनले तयार पारिएको विशेष परिकार (बडी) र भात घरको मुख्यद्धारमा राख्ने गरिन्छ । यसैगरी जुडशितलको दिन परिवारका सम्पूर्ण सदस्यहरुले बासी ‘बडी’ र भात खाने परम्परा रहेको छ ।

नयाँ प्रविधिको विकास तथा वातावरण प्रदुषित हुन थालेपछि यस पर्वप्रति नयाँ पिढीको आकर्षण घट्दै गएको छ । ग्रामीण भेगमा जुडशितललाई जोगाउने प्रयास भइरहेपनि शहरी क्षेत्रमा भने लोप प्रायः भइसकेको छ ।

जुडशितलको महत्वलाई ध्यानमा राख्दै ग्रामीण भेगका युवाहरुले हिलोमाटो खेल्ने कार्यक्रम आयोजना गर्दै आएको छ । सांस्कृतिक एवं वैज्ञानिक दृष्टिकोणले विशेष महत्व रहेको हुँदा यसको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विशेष पहल गर्नुपर्ने खाँचो रहेको संस्कृति विद्हरु बताउँछन् ।

प्रदेश २ मा सार्वजनिक विदा

जुडशितलको अवसर पारेर प्रदेश सरकारले सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।