बुधबार, साउन २०, २०८३

सर्प बचाऔँ, वातावरण जोगाऔँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दमौली – सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ। सर्प बचाउन सकिए वातावरण संरक्षण गर्न सकिन्छ भन्ने भावना जगाउने उद्देश्यले सर्प संरक्षण समाजले तनहुँको शुक्लागण्डकी नगरपालिकामा जारी ११औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

सबै सर्प विषालु नहुने र विषालु भए पनि मानिसले नजिस्काएसम्म सर्पले आक्रमण नगर्ने भएकोले सर्प देख्ने वित्तिकै मार्न र लखेट्न नहुने समाजका अध्यक्ष महेन्द्र कतिलाले जानकारी दिए। उनका अनुसार सर्प मानिसको शत्रु नभई मित्र भएको र सर्पको विषले औषधि बन्छ। उनले भने, ‘मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिकीय चक्रमासमेत महत्वपूर्ण भूमिका खेल्न सहयोग पु¥याउँछ।’

महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई सर्प बचाउन सकिए वातावरण संरक्षणमा टेवा पुग्नेबारे जानकारी प्रदान गरिएको उनले जानकारी दिए। उनका अनुसार बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्दै गएकाले त्यस बारेमा सचेतना जगाउन आवश्यक रहेको छ। 

महोत्सवमा विषालु कोब्रा, करेत, मुगा, हरेउ, हिमालयन किल ब्याग, कुमन क्याट लगायतका प्रजातिका सर्पको नमूना प्रदर्शनी गरिएको छ। वन विज्ञान क्याम्पसमा अध्ययनरत सर्प संरक्षणमा लागेका युवा रोहित गिरीले हिन्दू समाजमा सर्पको फोटोलाई नागदेवता भनेर पूजा गरे पनि व्यवहारमा त्यस्तो नभएकोले सचेतना फैलाउन कार्यक्रम गरिएको बताए। 

महोत्सव अवलोकनका लागि आउने धेरै सर्वसाधारणले उत्साहपूर्वक आफूहरुको अभियानमा साथ दिएको उनले बताए। उनका अनुसार सर्वसाधारणलाई सर्पदंश के हो? सर्पदंश हुँदा के गर्ने? सर्पदंशबाट बच्ने उपाय के हो? लगायतका बारेमा सिकाइएको छ। महोत्सवमा आउने दर्शकलाई सर्प संरक्षणको सचेतना जगाउने उद्देश्यले महोत्सव मूलसमारोह समितिले समाजलाई तीन वटा स्टल उपलब्ध गराएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए।

चट्याङले युवतीको मृत्यु

चट्याङ लागेर तनहुँमा शनिबार राति एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। चैते दशैँ मनाउन माइती घर पुगेकी उनलाई चट्याङ लागेको थियो। सोही वडाको मीनामखानी माइती घर पुगेकी उनी शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित ज्ञानबगैँचा बोर्डिङ स्कुलमा अध्यापनरत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।