बुधबार, साउन २०, २०८३

आठ जनालाई 'नइ बाल पुरस्कार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नइ प्रकाशनले शैक्षिक अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता आर्जन गर्ने ३ वर्षदेखि १५ बर्षसम्मका आठ जना बालबालिकालाई २०७५ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित, खेलकुदतर्फ निशान पन्थी छन्। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपैयाँ रहेका छन्। 

यसैगरी नइ कोपिला पुरस्कार गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई समर्पण गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपैयाँ रहेका छन्। 

ताम्रपत्रसहित पाँच हजार रूपैयाँ राशिको नइ चिचिला पुरस्कार चार वर्षकी स्वीकृति दाहाललाई समर्पण गरिने भएको छ। 

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। 

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ बाल पुस्कारहरू समर्पण गरिनेछन्। सो दिन पुरस्कृत पञ्चकन्याबाट नाचगान पनि प्रस्तुत हुने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।