बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङ एयर र समिट एयरको विमान ठोक्कियो, को-पाइलट र दुई असईको मृत्यु

मनाङ एयर र समिट एयरको विमान ठोक्कियो, को-पाइलट र दुई असईको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थलमा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमान ठोक्किदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

आइतबार बिहान समिट एयरको नाइन एन एएमएच विमान मनाङ एयरको हेलिकप्टसँग ठोक्किदा २ जनाको  घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा असईहरु रामबहादुर खड्का,  रुद्र श्रेष्ठ  र समिट एयरका को पाइलट सुनिल ढुङ्गाना रहेको विमानस्थलमा खटिएका प्रहरी निरिक्षक देवप्रसाद लिम्बुले जानकारी दिए । असई श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै बाटोमा मृत्यु भएको हो भने खड्का र ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो । 


दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

सोलुखुम्बुको लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा भएको सोलुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । मनाङ एयरको बसिरहेको हेलिकोप्टरमा विमान उड्ने क्रममा ठोक्किएको उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।