बुधबार, साउन २०, २०८३

बैशाख २ लाई  भर्ना अभियान दिवस घोषणा गर्दै सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नयाँ वर्ष प्रारम्भ भएसँगै भोलि सोमबारबाट देशैभर विद्यार्थी भर्ना अभियान चलाइदैछ ।  भर्ना अभियानलाई शसक्त बनाउन सरकारले बैशाख २ गतेलाई  ‘राष्ट्रिय भर्ना अभियान दिवस’ को रुपमा घोषणा गर्ने तयारी गरेको छ । 

अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएको छ । 

शिक्षा विभागले भर्ना अभियान दिवस घोषणाको तयारी पुरा गरिएको र स्थानीय तहलाई पनि परिपत्र गरिएको जनाएको छ । संविधानले विद्यालयहरुको सञ्चालन र संरक्षण गर्ने जिम्ममा स्थानीय तहलाई दिएको छ । 

१५ वर्षदेखि विद्यार्थी भर्ना अभियान जारी छ । मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रका अनुसार भर्ना अभियानका निम्ति मानव विकास सूचकांकमा पछाडि रहेको १५ जिल्लालाई २० लाख रुपैयाँका दरले रकम दिइनेछ । अन्य जिल्लालाई भने ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।