बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल भ्रमण बर्ष २०२० पोखराबाट सुरु, यस्तो छ कार्यक्रम 

नेपाल भ्रमण बर्ष २०२० पोखराबाट सुरु, यस्तो छ कार्यक्रम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको  पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । 

भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उनले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे । मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको जानकारी दिए । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रदेश मन्त्रिपरिषद्ले सङ्घीय सरकारलाई सिफारिश गरेको बताए । 

गण्डकी प्रदेश सरकारले ११० नयाँ पर्यटकीय गन्तव्यको विकासमा जोड दिएको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३०० घरबासको व्यवस्थापनमा जुटेको जानकारी दिए ।

संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी जेठ महीनासम्ममा लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल सम्पन्न भई सञ्चालनमा आउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको समयअगावै सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । 

सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उनेले पर्यटनको क्षेत्रमार्पmत मुलुकको अर्थतन्त्रलाई स्वावलम्वन बनाउँदै स्वदेशमा १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।