बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राज्ञिक क्षेत्रमा हस्तक्षेप नबढाउन सरकारलाई चेतावनी

प्राज्ञिक क्षेत्रमा हस्तक्षेप नबढाउन सरकारलाई चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रमाथि प्रत्यक्ष हस्तक्षेप बढाएको आरोप लगाएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ सुदूरपश्चिम प्रदेशको भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले उक्त आरोप लगाएका हुन्। 

भ्रष्टाचारमा डुबेको बर्तमान सरकार आफ्नो प्रभाव जनाउनका लागि विश्व विद्यालय र प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको सभापति देउवाको आरोप छ। उनले कांग्रेसलाई प्राज्ञिक क्षेत्रमाथिको हस्तक्षेप स्वीकार्य नहुँने बताए। 

सरकारले यस्ता क्रियाकलाप जारी राखेर कांग्रेसलाई आन्दोलनमा उत्रिने अवस्थाको सिर्जना नगर्न देउवाले सरकारलाई सचेत गराए। 

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले सरकारले विश्व विद्यालय र प्राज्ञिक क्षेत्रमा ठाडो हस्तक्षेप गरेको तथा बौद्धिक जगतलमाथि हस्तक्षेप बढाए सरकारविरुद्ध उत्रिने चेतावनी दिए। प्राज्ञिक क्षेत्रमा हस्तक्षेप नगर्न पटक पटक आग्रह गर्दा पनि सरकार नसच्चिएको उनको आरोप छ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर निर्प वड, उपमेयर शुसिला भट्ट, पर्शुराम नगरपालिकाका मेयर भिम बहादुर साउँद लगायत जनप्रतिनिधि तथा प्राज्ञिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।