काठमाडौं- आईसीसी एसिया यू-१९ विश्वकप छनोट खेली रहेको नेपाल आमफ्नो दोस्रो खेलमा युएईसाग पराजित भएको छ । शनिबार भएको खेल बर्षले प्रभावित भएपछि युएईसँग डकवर्थ लुइस (डिएल) मेथडमा नेपाल १ रनले पवारजित भएको हो ।
नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १ सय २२ रन जोड्दा मैसम खराब भएपछि खेल केही बेरका लागि स्थगित भएको थियो । तर, तयसपछिको लगातार बर्षका कारण खेल पुनः सुचारु हुन नसक्ने भएपछि खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो । जहाँ नेपाल युएईसाग १ रनले पराजित हुन पुग्यो ।
युएईले ३० ओभरमा तीन विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो । युएईका लागि असन टन्डनले ५४ रनको अर्धसतकिए पारी खेलेका थिए । उनले ८५ बलमा ४ चौका प्रहार गरे । त्यस्तै अरभिन्दले ४७ रन जोडे । उनले ८२ बलमा चार चौका प्रहार गरे । नेपालका लागि कमल सिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए ।
यसअघि हरी चौहान र भिम सार्कीको अर्धसतकको मद्दतले नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । हरीले अविजित ६७ रनको अर्धसतकीय पारी खेले । उनले ७४ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६७ रनको अविजित पारी खेलेका हु्न ।
त्यस्तै भिम सार्कीले ५३ रनको अर्धसतकिय पारी खेले । उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडेका हुन् । रित गौतमा भने अर्धसतकबाट ६ रनले चुके ।
ओपनर गर्न मैदान गएको रितले ७३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ४४ रन जोडे । आरिफ सेखले २७ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८, पवन सराफले १२ रन जोडे ।
युएईका लागि रिषभ मुखर्जीले ४ विकेट लिए । त्यस्तै मुहमद फराजुद्दीनले तीन तथा आरोन बेन्जामिन, षरफु र पलानिएपन मेइयाप्पानले एक एक विकेट लिए । नेपालले दुई खेलमा एकमा जित र एक खेलमा हार व्यहारेको छ भने युएईले दुबै खेलमा जित हात पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४