बुधबार, साउन २०, २०८३

आठौँ राष्ट्रिय खेलकूद : टेबलटेनिस खेल सकियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

घोराही – दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगिताका आज सम्पन्न दुई खेलमा दुवै खेलमा नेपाल पुलिस क्लबले स्वर्ण र दुई रजत पदक जितेको छ भने एपिएफले दुई कास्य र त्रिभुवन आर्मी क्लबले दुई–दुई कास्य पदकमा चित्त बुझाएका छन्। 

शनिबार भएको पुरुष एकल प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठले स्वर्ण, प्रहरीकै प्रदीप रोकाले रजत र सशस्त्रको एपिएफका डिलस श्रेष्ठ र शिव सुन्दर गोचेले कास्य पदक हात पारेका छन्। आजै भएको अन्तिम महिला एकलमा नेपाल प्रहरीकी बबिता श्रेष्ठले स्वर्ण, प्रहरीकै एलिना महर्जनले रजत र त्रिभुवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङले कास्य पदक हात पारेका छन्। 

शुक्रबार भएको पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण र एउटा रजत पदक जितेको थियो। यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य पदक हात पारेको थियो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको थियो।  

यसअघि बिहीबार सम्पन्न खेलमा प्रहरीले तीन तथा एपिएफ क्लबले एउटा स्वर्ण पदक जितेको थियो। बिहीबार महिला समूहगत स्पर्धामा पुलिस क्लब र एपिएफ क्लबले स्वर्ण पदक जितेको थियो । गत चैत २७ गते देखि शुरु भएको टेबल टेनिस खेल आज सकिएको छ। यस पटकको राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा विभिन्न प्रकारका सातवटा प्रतियोगिता गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।