बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजाको प्रश्न : देशको यो नाजुक अवस्था कहिलेसम्म ?

पूर्वराजाको प्रश्न : देशको यो नाजुक अवस्था कहिलेसम्म ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। शनिबार जारी गरिएको शुभकामना सन्देशमा उनले लाखौं नेपाली काम, माम र दामका लागि विदशी भूमिमा भौतारिनुपर्ने देशमै शिक्षा, स्वास्थ्य, सुख तथा शान्ति प्राप्त हुननसक्ने अवस्था अझै कति सम्म रहने भनेर प्रश्न गरेका छन्।

पूर्वराजा शाहले आफू जनताको घर दैलोमा पुग्दा जनताका समस्या र दुर्दान्त पीडा देखेको बताए। उनले स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने देश नेपालको शास्वत आर्दशको ख्याल गर्न आग्रहसमेत गरे। उनले सरकारका प्रमुख अंगहरु देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित भएर चल्नु पर्ने बताए।

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको बताउँदै उनले विगतका कमजोरीको आत्मसमिक्षा गर्दै मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान र एक्यबद्ध भएर लाग्नुको विकल्प नभएको बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।