कञ्चनपुर - नेतृ विक्रम चन्द 'विप्लव' समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। “पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौँ”, उनले भने।
कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए/नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत सुरु गरिएको छ। भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४