बुधबार, साउन २०, २०८३

हरी र भिमको अर्धसतकमा युएईलाई २४८ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- हरी चौहान र भिम सार्कीको अर्धसतकको मद्दतले नेपालली यू-१९ क्रिकेट टोलीले युएई यू-१९ क्रिकेट टोलीलाई २ सय ४८ रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४७ रन जोडेको हो । 

नेपालका लागि हरीले अविजित ६७ रनको अर्धसतकीय पारी खेले । उनले ७४ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ६७ रनको अविजित पारी खेलेका हु्न । त्यस्तै भिम सार्कीले ५३ रनको अर्धसतकिय पारी खेले । 

उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडेका हुन् । रित गौतमा भने अर्धसतकबाट ६ रनले चुके । ओपनर गर्न मैदान गएको रितले ७३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ४४ रन जोडे । 

आरिफ सेखले २७ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८, पवन सराफले १२ रन जोडे । युएईका लागि रिषभ मुखर्जीले ४ विकेट लिए । त्यस्तै मुहमद फराजुद्दीनले तीन तथा आरोन बेन्जामिन, षरफु र पलानिएपन मेइयाप्पानले एक एक विकेट लिए । 

नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।